Logo

१४ साउन, काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा गराएको छ ।

पार्टीको विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोपमा उनलाई अध्यक्ष पदबाट हटाइएको हो । स्रोतका अनुसार, पोखराको लिचीबारी घुसकाण्डमा नाम जोडिएपछि श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्, जसको पार्टीभित्रैबाट चर्को विरोध भएको थियो ।

रामलाल डगौराको संयोजकत्वमा रहेको अनुशासन समितिले रञ्जिता श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको निर्णय निर्वाचन आयोगमा दर्ता गरिएको नाउपाले जनाएको छ।

अनुशासन समितिले गरेको यो कारबाहीलाई मध्यबानेश्वरमा जारी पार्टीको राष्ट्रिय भेलाले अनुमोदन गर्ने बताइएको छ। समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् ।


सम्बन्धित समाचार
भर्खरै