Logo

२४ भदौ, वीरगञ्ज ।  देशव्यापी विरोध प्रदर्शनको क्रममा वीरगञ्जस्थित प्रमुख राजनीतिक दलहरूको कार्यालय र नेताहरूका घरमा आक्रमण भएको छ। मंगलबार बिहानदेखि प्रदर्शनमा उत्रिएका जेन-जी पुस्ताका समर्थकहरूले नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले सांसद अजय चौरसियाको वीरगञ्जस्थित निजी निवासमा समेत ढुङ्गामुढा प्रहार गरेका छन्। घटनामा घरको केही भाग क्षति पुगेको बताइएको छ।

सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन भइसकेका छन् तर प्रदर्शनकारीहरू अझै सडकमा छन्। वातावरण तनाबग्रस्त बनेपछि अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको छ।

सोमबारको प्रदर्शनमा देशभर १९ जनाको मृत्यु भएको थियो भने आज पनि विभिन्न शहरहरूमा विरोध कार्यक्रम जारी छ। युवाहरूले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध आन्दोलन तीव्र बनाएका छन्।


सम्बन्धित समाचार