२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर भइरहेको आगलागी र अन्य प्रतिकूल परिस्थितिका कारण हवाई सुरक्षामा जोखिम बढेपछि विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
अहिले आकाशमा रहेका जहाजलाई मात्र अवतरण गर्न दिइनेछ र त्यसपछि कुनै पनि थप उडानहरू नहुने गरी विमानस्थलका सबै गतिविधि रोकिएको ती अधिकारीले बताए ।
विमानस्थलको सुरक्षा अहिले नेपाली सेनाले गरिरहेको छ । अब मुख्य प्रवेशद्वार नै बन्द गरी विमानस्थलमा अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ ।
















