Logo

२४ भदौ,काठमाडौं । देशभर जेनजी आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामालाई राष्ट्रपतिले स्वीकृत गरिसकेकी छन् । यसैबीच, नेपाली सेनासहितका सुरक्षा निकायहरूले वर्तमान परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न राजनीतिक संवादको लागि अपिल गरेका छन् ।

आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको छ भने प्रदर्शनकारीहरूले संघीय संसद भवन, सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका निवासमा आगजनी गरेका छन् । मुलुकमा गम्भीर सुरक्षा चुनौती उत्पन्न भएपछि मुख्य सचिव र गृहसचिवसँगको परामर्शमा सुरक्षा निकायहरूले यो कदम चालेको बताइएको छ ।


सम्बन्धित समाचार