Logo

फाइल तस्बिर

२५ भदौ,वीरगञ्ज । वीरगञ्जको बालसुधार गृहबाट फरार भएका १४६ जना कैदीबन्दीमध्ये ७८ जनालाई पर्सा प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। अहिले पनि ६८ जना फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, जेन–जी आन्दोलनका कारण उत्पन्न अस्तव्यस्त परिस्थितिको फाइदा उठाउँदै कैदीबन्दीहरू भागेका थिए। यसैबीच, आज बिहान वीरगञ्जको विर्तामा रहेको कारागारबाट पनि केही कैदीबन्दी भाग्ने प्रयास गरेका थिए। तर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा उनीहरूलाई भाग्नबाट रोक्न सफल भएको जिल्ला प्रहरी

कार्यालय पर्साले जानकारी दिएको छ।प्रहरीले फरार रहेका बाँकी कैदीबन्दीहरूको खोजी भइरहेको र उनीहरूलाई चाँडै नियन्त्रणमा लिइने बताएको छ।


सम्बन्धित समाचार