२९ भदौ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा बडालले यही भदौ २४ गतेदेखि लागू हुने गरी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको उल्लेख छ।
प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ताको नियुक्ति हुने चलन छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिनुभएको थियो।



















