Logo

१ असोज, काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् ।

उनले उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत राजीनामा पत्र पठाएका हुन् । गत भदौ २३ गते भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पाठकले राजीनामा दिएको बताएका छन् । उनले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेका थिए ।

सभामुख पाठकले आज नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उपसभामुखसमक्ष आधिकारिक राजीनामा पत्र बुझाएका हुन्।


सम्बन्धित समाचार