Logo

१ असोज काठमाडौं । जेनजी विद्रोहबाट केपी ओली नेतृत्वको सरकार ढलेपछि नेकपा एमालेभित्र ठूलो संकट उत्पन्न भएको छ ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएको एक साताभन्दा बढी समय बितिसक्दा पनि पार्टी अध्यक्ष ओली सार्वजनिक भएका छैनन् । नेताहरूका अनुसार, ओली हाल सैनिक ब्यारेकमा छन् र त्यहीँबाट पार्टी सञ्चालन गर्न खोजेका छन्। उनले आफू बिना कुनै पनि कमिटीको औपचारिक बैठक नबसाउन निर्देशन दिएको स्रोतले जनाएको छ।

अहिले पार्टीका महासचिव शंकर पोखरेलले जारी गरेका वक्तव्यहरूलाई नै पार्टीको निर्णय मान्नुपर्ने अवस्था रहेको एमालेका एक स्थायी कमिटी सदस्यले बताए। महासचिव पोखरेलले सुरुमा अन्तरिम सरकार गठनको विरोध गरे पनि पछि चुनावलाई सहयोग गर्ने बताउँदा पार्टी पंक्तिमा अन्योल बढेको छ।

पार्टीभित्रको आन्तरिक कलहका कारण ओलीले कार्यवाहक अध्यक्षसमेत दिन मानेका छैनन्। उनले कार्यवाहक दिएपछि आफू अनुकूल निर्णय नहुन सक्छ भन्ने बुझेकाले यस्तो गरेका हुन्। यसले पार्टीलाई अनिर्णयको बन्दी बनाएको भन्दै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चिन्ता व्यक्त गरेका छन् ।

 


सम्बन्धित समाचार