Logo

१ असोज, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशसभा सञ्चालनबारे समयानुकूल निर्णय लिने भएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालयका भवनमा तोडफोड र आगजनी भएपछि संसद सञ्चालनमा अन्योल बढेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले अन्य राजनीतिक दलहरूसँग पनि संवाद गरेर अगाडि बढ्ने निर्णय गरेको दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकले आन्दोलनका क्रममा भएको तोडफोडको घोर भर्त्सना गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।


सम्बन्धित समाचार