Logo

३० असोज, काठमाडौं । नेपाली सेयर बजारमा निरन्तरको गिरावट जारी रहँदा नेप्से सूचक आज १८ दशमलव ४० अंकले घटेर २४८७ अंकमा ओर्लिएको छ ।

यो गिरावट गत वर्षको असोज १३ यताकै सबैभन्दा न्यून विन्दु हो, जसले बजारमा गहिरो निराशा छाएको संकेत गर्छ । सूचक घटे पनि आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिनको ३ अर्ब १० करोडको तुलनामा आज ३ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भयो ।
तर, समूहगत सूचकहरूले बजारको कमजोर अवस्थालाई प्रस्ट पारेका छन् । बैंकिङ समूह ० दशमलव ०२ प्रतिशत बाहेक अरू सबै समूहगत सूचकहरू घटेका छन्, जसमध्ये अन्य २ दशमलव २१ प्रतिशत, फाइनान्स १ दशमलव २८ प्रतिशत र विकास बैंक १ दशमलव १५ प्रतिशत अर्थात सबैभन्दा बढी गिरावट आउनेमा अगाडि रहे । आज १९७ कम्पनीको मूल्य घट्यो भने ४५ कम्पनीको मात्र मूल्य बढ्न सक्यो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरू

गिरावटको बजारमा पनि केही कम्पनीहरूले भने उच्च वृद्धि हासिल गरे। हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९।९३ प्रतिशतले बढ्यो। त्यसैगरी, कालिका लघुवित्त, इनिफिनिटी लघुवित्त र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य पनि बढ्यो । तर, सबैभन्दा धेरै गुमाउनेमा समाज लघुवित्त ९१०५०, युनिक नेपाल लघुवित्त र समता घरेलु लघुवित्त रहे। नेपाल पुनर्बीमाको मूल्य पनि ४।२१ प्रतिशतले घट्दा लगानीकर्ता चिन्तित बनेका छन्। आज मुक्तिनाथ विकास बैंक सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रह्यो। त्यसपछि नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः धेरै कारोबार भएका कम्पनीमा परेका छन् ।


सम्बन्धित समाचार