Logo

१ कात्तिक,वीरगञ्ज । बाराको सदरमुकाम कलैया स्थित मुख्य सडकखण्डको निर्माण कार्य लामो समयदेखि अलपत्र परेकोमा स्थानीयले सडक निर्माण अगाडि बढाउन शुक्रबार साझदेखि भरत चोकमा हस्ताक्षर अभियान सुरु गरेका छन्। करिब २५० भन्दा बढी स्थानीयवासीले हस्ताक्षर गरी अभियानमा सक्रिय सहभागिता जनाएका छन्।

कलैयाका स्वतन्त्र युवाहरू सौरभ चौगाइ, सौरभ पाण्डे, सुमित पटेल, विक्की गुप्ता, सुरज साह, अमित तिवारी र संजय चौधरीले यो अभियानको नेतृत्व गरिरहेका छन्।

मानमत–कलैया–मटिअर्वा हुलाकी सडकखण्ड अन्तर्गत पर्ने कलैया बजार क्षेत्रमा ३.५ किलोमिटर सडक निर्माण अधुरो रहँदा यहाँका स्थानीय जनजीवनमा समस्या बढेको छ। यसले व्यवसायीहरूलाई समेत असर पुर्‍याइरहेको छ।

स्थानीयहरूले ठेक्का लगाएर लामो समयअघि सुरू भएको सडक निर्माणमा लगातार ढिलाई भइरहेकाले धुलोले जनजीवन असहज बनेको बताएका छन्। उनीहरूले सरकारसँग तत्काल सडक निर्माण कार्य पूरा गर्न माग गरेका छन्।


सम्बन्धित समाचार