Logo

९ साउन,काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि कक्रोच जनता पार्टी (सिजेपी)ले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ। पार्टीले आफ्ना सबै माग पूरा नभएसम्म प्रदर्शन जारी रहने स्पष्ट पारेको हो।

शिक्षामन्त्रीको राजीनामापछि जन्तर–मन्तरमा आयोजित सभालाई सम्बोधन गर्दै सिजेपीका संस्थापक अभिजित दिप्केले आन्दोलनको पहिलो माग पूरा भए पनि अन्य दुई माग अझै सम्बोधन नभएकाले प्रदर्शन जारी रहने बताए।

“बाँकी दुईवटा माग पूरा भएका छैनन्। ती माग पूरा नभएसम्म हाम्रो आन्दोलन रोकिन्न,” उनले भने।

सिजेपीले शिक्षामन्त्रीको राजीनामासँगै प्रश्नपत्र लिक प्रकरणपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही एक–एक करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेको छ। साथै, आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी तथा आन्दोलनकारीविरुद्ध दर्ता गरिएका सबै जाहेरी र मुद्दा फिर्ता लिनुपर्ने अर्को माग पनि अघि सारेको छ।

पार्टीका प्रवक्ता आशुतोष राकाले सरकारसँग तीनवटै माग पूरा गर्ने विषयमा लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने बताए।

“हाम्रा सबै माग पूरा गर्ने लिखित सहमति भए मात्र हामी आन्दोलन अन्त्य गरेर घर फर्किनेछौं,” उनले भने।

यसैबीच, सिजेपीले आन्दोलनलाई थप सशक्त बनाउन आइतबार साँझ ६ बजे देशभर क्यान्डल मार्च आयोजना गर्ने घोषणा गरेको छ।


सम्बन्धित समाचार