Logo

९ साउन,काठमाडौं । सत्याग्रहमा रहेका प्रा.डा. गोविन्द केसीसँग वार्ता गरी आन्दोलनको सहमतिपूर्ण निकास खोज्न सरकारी टोली धनगढी पुगेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका हुन्। सरकारका तर्फबाट डा. केसीसँग प्रत्यक्ष संवाद गरी सत्याग्रह अन्त्यका लागि सहमति जुटाउने प्रयास भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।

यसअघि शुक्रबार साँझ शिक्षामन्त्री पोखरेलले डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। सोही संवादपछि वार्तालाई औपचारिक रूप दिँदै सचिव पौडेललाई धनगढी पठाइएको हो।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग छलफल गर्ने तयारीमा रहेका छन्।

सरकारले वार्तामार्फत डा. केसीका मागबारे सहमति खोज्दै सत्याग्रहको शान्तिपूर्ण र सहमतिपूर्ण समाधान निकाल्ने प्रयासलाई तीव्र बनाएको जनाएको छ। यस प्रक्रियामा शिक्षामन्त्री पोखरेलले सक्रिय पहल गरिरहेको बताइएको छ।


सम्बन्धित समाचार