Logo

९ साउन,काठमाडौं । सत्ता गठबन्धनलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**बीच निर्णायक तहको वार्ता जारी रहेको छ।

नेकपाको उच्च स्रोतका अनुसार शनिबार बिहान ११ बजेदेखि दुई नेताबीच घनिभूत छलफल भइरहेको छ। पहिलो चरणको वार्ता सकारात्मक बनेपछि अन्य शीर्ष नेताहरूलाई पनि छलफलमा सहभागी हुन बोलाइएको स्रोतले जनाएको छ।

छलफलमा सत्ता गठबन्धनको स्वरूप, शक्ति बाँडफाँट तथा आगामी राजनीतिक सहकार्यका विषयमा केन्द्रित भएर कुराकानी भइरहेको बताइएको छ।

उच्च स्रोतका अनुसार वार्ता सहमतिनजिक पुगेको छ। सहमति जुटेमा सत्ता गठबन्धनसम्बन्धी समझदारीमा आजै हस्ताक्षर हुन सक्ने बताइएको छ।

यद्यपि, वार्ताबारे दुवै दलले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।


सम्बन्धित समाचार