Logo

 ९ साउन,काठमाडौं ।  भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर चर्किएको विवादपछि उनले राजीनामा दिएका हुन्।

प्रधानविरुद्ध झण्डै एक महिनादेखि दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन हुँदै आएको थियो। कक्रोच जनता पार्टी (सीजेपी) सहितका समूहहरूले नीट पेपर लिक प्रकरणमा उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका थिए।

प्रधानले सामाजिक सञ्जाल एक्समार्फत राजीनामा दिएको जानकारी दिएका छन्। उनले देशमा उत्पन्न परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले उठाउन नपाऊन्, विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस् र विद्यार्थीहरूले अध्ययन तथा करियर निर्माणमा ध्यान केन्द्रित गर्न सकून् भन्ने उद्देश्यले राजीनामा पठाएको उल्लेख गरेका छन्।

यसअघि भारतीय राष्ट्रिय कांग्रेससहित विपक्षी दलहरूले पनि नीट प्रकरणमा शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आएका थिए। नीट परीक्षामा अनियमितता र प्रश्नपत्र चुहावटको आरोपपछि भारतभर सरकारमाथि आलोचना बढेको थियो।


सम्बन्धित समाचार