Logo

९ साउन,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले आकस्मिक कक्षमा तोडफोड गरेका छन्।

वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले बिहान करिब ११ बजे अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला गर्दै तोडफोड गरेका हुन्।

मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण पटेलको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा आकस्मिक कक्षमा क्षति पुगेको र एक जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनापछि अस्पताल परिसर केही समय तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

वडा प्रहरी कार्यालयका प्रमुख विक्रम सुवेदीका अनुसार उपचारका लागि अस्पताल ल्याइएका पटेलको मृत्युको कारणबारे यकिन जानकारी प्राप्त भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार