Logo

९ कात्तिक, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेपछि उहाँले सिंहदरबारस्थित मन्त्रालयमा आएर कार्यभार सम्हाल्नुभएको हो । मन्त्री शर्माले मन्त्रालयमा आफ्नो पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिहरूलाई आवश्यक मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव समेत रहनुभएकी डा. शर्मा यसअघि लामो समयसम्म स्वास्थ्य सेवामा सक्रिय हुनुहुन्थ्यो । उहाँले तत्कालका लागि आन्दोलनबाट मानसिक रूपमा प्रभावित भएका व्यक्तिहरूको स्वास्थ्य संवेदनशीलतालाई प्राथमिकतामा राख्दै यो निर्णय लिनुभएको हो ।


सम्बन्धित समाचार