Logo

११ कात्र्तिक, काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले देशका उच्च पहाडी तथा हिमाली भेगहरूमा अत्यधिक हिमपात भएको भन्दै पर्वतारोहण दल र पदयात्रीहरूको सुरक्षाका लागि विशेष सक्रियता देखाउन आग्रह गरेको छ ।

सङ्घले एक जरुरी सूचना जारी गर्दै सबै ट्रेकिङ कम्पनीहरूलाई आफ्ना आरोहण दल तथा पदयात्रीहरूको सुरक्षाका लागि तत्काल समन्वय गर्न निर्देशन दिएको छ । सङ्घले मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा थप हल्कादेखि भारी हिमपातको सम्भावना औँल्याएकाले उच्च जोखिमबाट बच्नका लागि पर्वतारोही र पदयात्रीहरूलाई आग्रह गरेको छ । उच्च हिमाली क्षेत्रमा अनावश्यक रूपमा अगाडि नबढ्न र सुरक्षित स्थानमा रहन तथा उच्च हिमाली क्षेत्रमा रहेका सबै पर्यटकहरुलाई सुरक्षित स्थानमा भेला भई बस्न आग्रह गरिएको छ ।

सङ्घ तथा सम्बन्धित ट्रेकिङ कम्पनीहरूसँग नियमित सम्पर्क स्थापित गरी मौसमी सूचना लिइरहन पनि अनुरोध गरिएको छ । एनएमएले यात्रा गर्नुअघि थप सतर्कता अपनाउन र पछिल्लो मौसम जानकारी लिएर मात्र अगाडि बढ्न सुझाव दिएको छ।


सम्बन्धित समाचार