Logo

१२ कात्र्तिक, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको सुनिश्चितताका लागि राजनीतिक संवादलाई तीव्रता दिँदै सरकारले आज जेनजी पुस्तालाई समेत समावेश गरेर त्रिपक्षीय वार्ता सुरु गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दलका प्रतिनिधिहरू र जेनजी आन्दोलनका अगुवाहरूबीच यो ऐतिहासिक बैठक सुरु भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको सकारात्मक माहोल निर्माणका लागि सरकारले पहिलो पटक राजनीतिक दल र युवा पुस्ता (जेनजी) लाई एउटै मञ्चमा ल्याएर संयुक्त बैठक आयोजना गरेको जानकारी दिएका छन् ।

सरकारले जेनजी पुस्ताको सरोकारलाई सम्बोधन गर्दै लामो समयपछि यो औपचारिक राजनीतिक संवादलाई अगाडि बढाएको हो। सरकारको अपेक्षा छ कि यस त्रिपक्षीय छलफलले निर्वाचनका लागि आवश्यक वातावरण तयार गर्न थप सहयोग पुग्नेछ। यसअघि प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा कात्तिक ४ गते सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकमा निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक देखिएका थिए। आजको त्रिपक्षीय वार्तालाई सोही सकारात्मक पहलको निरन्तरता मानिएको छ।


सम्बन्धित समाचार