Logo

१३ कात्र्तिक, काठमाडौं । द्वन्द्वग्रस्त सुडानको अल–फशर शहरमा र्‍यापिड सपोर्ट फोर्सेजका लडाकुहरूले शहर कब्जा गरेपछि मानवताविरोधी अपराध गरेको खुलासा भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अल–फशरको मुख्य अस्पतालमा प्रवेश गरी ४६० जनाभन्दा बढी नागरिकको हत्या गरिएको खबरले आफू स्तब्ध भएको जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस गेब्रेयेससले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आरएसएफका लडाकुले अस्पतालभित्रै सयौँ निहत्था नागरिकलाई मारेको जानकारी दिएका छन् ।

यसअघि सुडानको डक्टर्स नेटवर्कले मङ्गलबार अस्पतालमा रहेका नागरिकको विभत्स हत्या भएको जनाए पनि मारिनेको सङ्ख्या खुलाएको थिएन । नेटवर्कले आरएसएफमाथि चार चिकित्सकसहित छ स्वास्थ्यकर्मीको अपहरण गरेको समेत आरोप लगाएको छ। यो जघन्य घटनाले द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक र स्वास्थ्यकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।


सम्बन्धित समाचार