Logo

१३ कात्र्तिक, काठमाडौं । विद्युतीय कारोबार (साइबर) कसूरसम्बन्धी मुद्दामा फरार रहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आज दिउँसो जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेक बहस सकिएलगत्तै उक्त आदेश जारी भएको हो ।अधिवक्ता मनीषा गौतमले दिएको जाहेरीका आधारमा सुनारविरुद्ध विद्युतीय अपराधको कसूरमा मुद्दा दायर भएको थियो । उनले सुनारमाथि सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै त्यसको प्रमाणसहित जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

सुनार यसअघि मन्त्रीमा सिफारिस भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएको थियो । काभ्रे अदालतले गत साउन ५ गते सुनारको स्थायी ठेगाना दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पुर्जी जारी गरेको थियो । लामो समय फरार रहेका सुनार आज बिहानमात्रै अदालतमा हाजिर भएका थिए ।

अदालतको यो आदेशसँगै उनी धरौटी बुझाएर तारेखमा रिहा हुनेछन् र मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।


सम्बन्धित समाचार