Logo

११ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको हो।

पोखरातर्फ सुमीत वर्माले नटआउट ५० रन प्रहार गरे भने दिनेश खरेलले ३८ रन जोडे। जनकपुरका सञ्जय कृष्णमूर्तिले ३ विकेट लिए। एनपीएलको अंक तालिकामा जनकपुर सातौँ र पोखरा पुछारमा छन्। दुवै टोलीले यसअघिका दुई खेलमा हार बेहोरेका कारण अझै अङ्कविहीन छन्।

यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जीत दर्ता गरेको थियो। आठ फ्रेन्चाइज टोली सहभागी रहेको दोस्रो संस्करणको एनपीएल यही मङ्सिर १ गतेदेखि सुरु भएको हो र आउँदो २७ गतेसम्म चल्नेछ।


सम्बन्धित समाचार