२ वैशाख,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा. योहान डेविड वाडेफुलको तर्फबाट परराष्ट्रमन्त्री खनाललाई नियुक्तिका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ।

















