७ साउन, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको धनगढीबाट आफ्नो २४ औँ आमरण अनसन सुरु गरेका छन् ।
डा.अमृत जैशीका अनुसार उनले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा यो सत्याग्रह थालेका हुन् ।
गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला सत्याग्रहले प्रक्रिया प्रभावित हुने भन्दै स्थानीय नागरिक, विद्यार्थी संगठन तथा राजनीतिक दलहरूले उनलाई अनसन रोक्न आग्रह गरेका थिए ।
तर सरकारले विगतमा भएका सहमतिहरू कार्यान्वयन नगरेको, साथै चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुनविपरीत गरिएका नियुक्तिहरू तत्काल सच्याउनुपर्ने माग राख्दै उनी पुनः जिद्दीका साथ अनसनमा बसेका हुन् ।




















