Logo

७ साउन, काठमाडौँ । कृषिप्रधान भनिने देश नेपालमा मुख्य खाद्यान्न धान तथा चामलमाथिको परनिर्भरता अझै पनि उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

भर्खरै सकिएको आर्थिक वर्ष २०८२/८३ मा नेपालले झन्डै ४० अर्ब रुपैयाँ बराबरको ७ लाख ४१ हजार ७ सय ३ टन धान तथा चामल आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ बराबरको ७ लाख ७५ हजार २ सय ६८ टन धानचामल आयात भएको थियो । यसपटक समग्र आयातमा सामान्य कमी आएको देखिए पनि प्रवृत्तिमा भने फरकपन आएको छ ।

तथ्यांक अनुसार कच्चा धानको आयात घटे पनि तयारी चामलको आयात भने बढेको छ । गत वर्ष १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँको ४ लाख ७७ हजार ९ सय ९ टन धान आयात भएको छ भने २० अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको २ लाख ६३ हजार ७ सय ९४ टन तयारी चामल भित्रिएको छ ।

नेपालको यो कुल धानचामल आयातमा दक्षिणी छिमेकी भारतको ९९ प्रतिशतभन्दा बढी एकाधिकार रहेको भन्सार विभागले जनाएको छ ।


सम्बन्धित समाचार