७ साउन, काठमाडौँ । सिरहाको भगवानपुर गाउँपालिका–३ बाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २१ लाख २७ हजार २१० रुपैयाँ बराबरको अवैध मदिरा र कार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका प्रमुख एसपी सुमनजङ थापा मगरका अनुसार सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वाबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको डिएल–७ च ९७९२ नम्बरको सेतो रङको कार जाँच गर्दा उक्त परिमाणको मदिरा फेला पारेको हो ।
बरामद मदिरामा ब्ल्याक ओक, अर्ना क्यान बियर, बाह्रसिङ्गे बियर तथा कस्तुरी रहेका छन् भने घटना, लगत्तै कार चालक फरार भएकाले खोजी कार्यसँगै थप अनुसन्धान भइरहेको छ ।




















