सांसद भीष्मराज आङ्दाम्बेका अनुसार लेखा समितिमा प्रमुख प्रतिपक्षी दलको स्वतः दाबी रहने भएकाले कांग्रेसले उक्त पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको हो। उनले उम्मेदवारको नाम भने अझै टुंगो नलागेको जानकारी दिए।
“लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिन्छ। अरू समितिको विषयमा हामी अन्य विपक्षी दलसँग छलफल गर्दैछौँ,” उनले भने।
आज संसदीय समितिहरूको सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। विपक्षी दलहरूबीच अन्य समितिहरूको नेतृत्वबारे समेत छलफल भइरहेको जनाइएको छ।