Logo

२२ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको महत्त्वपूर्ण बैठक बिहीबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ ।

संसदीय समितिका सभापतिहरूको निर्वाचनका लागि उम्मेदवार तय गर्ने मुख्य एजेन्डासहित आह्वान गरिएको यस बैठकमा सहभागी हुन प्रधानमन्त्री एवं संसदीय दलका नेता बालेन शाह र पार्टीका सांसदहरू कार्यालय पुगिसकेका छन् । समितिका सभापतिहरूको मनोनयन दर्ताको समय नजिकिँदै गर्दा रास्वपाले आफ्नो रणनीति तय गर्न र कुन–कुन समितिमा उम्मेदवारी दिने भन्ने विषयमा अन्तिम निर्णय लिन यो बैठक बोलाएको हो ।

बैठक सुरु हुनुअघि सिंहदरबारमा सांसदहरूको चहलपहल बाक्लो देखिएको थियो । प्रधानमन्त्री शाहसहितका नेताहरूले समितिको नेतृत्व चयन गर्दा पार्टीको प्रभावकारिता र विषयगत विज्ञतालाई प्राथमिकता दिने बताएका छन् ।

आजको छलफलले संसदीय समितिहरूमा रास्वपाको भूमिकालाई कसरी सशक्त बनाउने भन्ने ठोस मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ । बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएसँगै पार्टीले संसद् सचिवालयमा आफ्नो दाबी पेस गर्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार