Logo

१८ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले फेरि अवरोध गरेका छन्। १५ मिनेटका लागि स्थगित भएर पुनः सुरु भएको बैठकमा विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र उहाँले माफी माग्नुपर्ने अडान राखेका छन्।

सभामुखले सदनको कामकारबाही अघि बढाउन आग्रह गर्दै सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न अनुरोध गरे पनि विपक्षी सांसदहरूले विरोध जारी राखेका छन्।

लगातारको अवरोधका कारण बैठक सञ्चालन प्रभावित बनेको छ।


सम्बन्धित समाचार