Logo

१८ जेठ,वीरगञ्ज । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति, मधेश प्रदेश जिल्ला कार्य समिति पर्साको आयोजनामा वीरगञ्जमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

गोर्खा फाइनान्सका पीडित महिलाहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

पीडितहरूको अनुसार पक्राउ पर्ने महिला बानुनेसा खातुन हुन्। उनीहरूले आफूहरू गोर्खा फाइनान्सको कर्जा तिर्न तयार हुँदाहुँदै पनि विभिन्न दबाब र अन्यायपूर्ण व्यवहार गरिएको आरोप लगाएका छन्।

प्रदर्शन रोक्ने क्रममा प्रहरीले खातुनलाई पक्राउ गरेको पीडित पक्षले जनाएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।

प्रहरीको आधिकारिक धारणा तथा पक्राउको कारणबारे हालसम्म विस्तृत विवरण सार्वजनिक भएको छैन।


सम्बन्धित समाचार