Logo

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेका छन् ।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभाको कारबाही अगाडि बढ्न सकेन । विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइलाई ‘गैरजिम्मेवार’ भन्दै तत्काल फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

बैठकमा विशेष समय लिएर बोलेका विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियतामाथि प्रश्न उठाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । सदनमा उत्पन्न गतिरोध साम्य नभएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठक स्थगित गरेका छन् ।

संसद् सचिवालयका अनुसार, स्थगित बैठक भोलि जेठ २० गते, दिउँसो सवा १२ बजेसम्मका लागि सारिएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्का दुवै सदनमा देखिएको विपक्षीको यो कडा रबैयाले सरकार थप अप्ठ्यारोमा परेको छ ।


सम्बन्धित समाचार