Logo

२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ ।

राहदानी खरिद प्रकरणमा अनियमितता भएको आशङ्कामा अनुसन्धान अघि बढाएको अख्तियारले महानिर्देशक अर्यालसहित व्यवसायी सिद्धार्थ थापालाई पनि पक्राउ गरेको हो । थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् ।

सुरक्षा स्रोतका अनुसार, सादा पोसाकका प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । अख्तियारले राहदानी छपाइ तथा खरिद प्रक्रियामा आर्थिक अपचलन भएको सूचनाका आधारमा छानबिन गरिरहेको थियो ।

सोही अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको आयोग स्रोतले जनाएको छ । पक्राउ परेका दुवै जनालाई अहिले थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ ।


सम्बन्धित समाचार