Logo

१७ असार, वीरगञ्ज । वीरगञ्जको पावरहाउसस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएकी बाराकी एक सुत्केरी महिलाको अन्ततः मृत्यु भएको छ । अस्पताल प्रशासनले आज बिहान बिरामीको मृत्यु भएको पुष्टि गरेको परिवारजनले जनाएका छन् ।

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा निवासी चन्दन कुमार साहकी ३२ वर्षीया श्रीमती ईन्दु देवी साहको मङ्गलवारदेखि नै अवस्था चिन्ताजनक रहेकोमा आज बिहान अस्पतालले उनलाई मृत घोषित गरेको हो ।

गोल्ड मेडलिस्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तरनुम खातुन र अस्पताल प्रशासनको गम्भीर लापरवाहीका कारण ईन्दुको ज्यान गएको भन्दै आक्रोशित आफन्त र पीडित पक्षका कारण अस्पताल परिसरमा तनाव सिर्जना भएको छ ।

चिकित्सकको लापरवाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै पीडित पक्षले हाल शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन, शवको पोस्टमार्टम र दोषी चिकित्सकलाई कानुनी कारबाही गर्नुपर्ने अडान राखेका छन् ।

यो पनि पढ्नु :

वीरगञ्जको तराई हस्पिटलमा सुत्केरीको अवस्था चिन्ताजनक: चिकित्सकको लापरवाही भएको परिवारको आरोप


सम्बन्धित समाचार