Logo

२३ असार,वीरगञ्ज । रौतहटको सदरमुकाम गौरस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक नेपालीसहित चार भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असार २१ गते दिउँसो करिब १ बजे गौरस्थित सुस्मा प्यालेस होटलमा युवतीमाथि जबरजस्ती करणी भएको भन्ने उजुरीपछि पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा गौर नगरपालिका–२ निवासी २५ वर्षीय सन्तोष राउत तथा भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाका मोहम्मद ताजुदिन (३३), जितेन्द्र कुमार (३७), हसनैन आलम (३८) र आलोक कुमार (३४) रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूमाथि जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।


सम्बन्धित समाचार