Logo

३० असार, काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।

सरकारले उनीहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएपछि वर्षौंदेखि अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् ।

सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरले सेवा निरन्तरताको माग गरिरहेका छन् ।

उनीहरूले मंगलबार अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर प्रदर्शन र नाराबाजी गरेका छन् । सरकारले खर्च कटौतीको नीति अनुसार पनि अस्थायी र करारका कर्मचारीहरू हटाउन खोजेको छ ।


सम्बन्धित समाचार