Logo

Ai generated images

४ साउन,वीरगञ्ज ।बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा पार्किङ गरी राखिएको एउटा खाली ट्रक सहचालकले नै लिएर फरार भएका छन्।

शनिबार (साउन ३ गते) राति अन्दाजी ९:०० बजेको समयमा जितपुरसिमरा-१ बस्ने ३१ वर्षीय चालक अनोज थापाले आफ्नै घर अगाडि पार्किङ गरी राखेको ना ६ ख १३५७ नम्बरको टाटा कम्पनीको खाली ट्रक सहचालकले कसैलाई जानकारी नदिई आफूखुसी लिएर हिँडेका हुन्।

पहिचान नखुलेका ती सहचालक हालसम्म सम्पर्कमा नआएको र खोजतलास गर्दा समेत ट्रक फेला नपरेको चालक थापाले जनाएका छन्। सोम गुरुङ धनी रहेको उक्त ट्रक हराएको भन्दै चालक थापाले आज (आइतबार) बिहान ६:१० बजे प्रहरीलाई जानकारी गराएका थिए।

घटनाको सूचना पाउनासाथ प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी हवल्दार मोहर कुमार दासको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी चौकीबाट अन्दाजी ७०० मिटर पूर्व पर्ने उक्त घटनास्थलमा पुगी प्रहरीले थप अनुसन्धान तथा हराएको ट्रकको खोजी कार्य तीव्र पारेको छ।

ट्रक फेला पार्नुहुने वा देख्नुहुने महानुभावहरूले नजिकैको प्रहरी कार्यालय सम्पर्क गरिदिनुहुन अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै