Logo

४ साउन, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानका लागि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले औपचारिक छलफल तथा परामर्श थालेका छन् ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजित विशेष बैठकमा प्रमुख मन्त्रालयका सचिव तथा उच्च पदस्थ अधिकारीहरूको सक्रिय सहभागिता रहेको छ ।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा जारी उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग वाणिज्य, गृह, रक्षा, श्रम, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र महिला बालबालिका मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएका नीति तथा कार्यक्रमहरूलाई समयमै र योजनाबद्ध ढङ्गले कार्यान्वयन गर्ने उपायहरूबारे बैठकमा गहन परामर्श भइरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै