Logo

४ साउन, काठमाडौं । श्रीलंका भ्रमणबाट फर्किएलगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सत्ता समीकरणको निर्णायक कसरतमा तीव्र रूपमा जुटेका छन् ।

केही दिनदेखि अस्वस्थ रहेका सहसंयोजक माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमै पुगेर प्रचण्डले स्वास्थ्यलाभको कामना गर्नुका साथै समसामयिक राजनीतिक घटनाक्रम र आगामी सत्ता सहकार्यबारे लामो परामर्श गरेका छन् । पछिल्लो समय एमाले–कांग्रेस गठबन्धन कमजोर बन्दै गएको र काङ्ग्रेसले दुईदलीय अडान नछाडेको अवस्थामा, कम्युनिष्ट आन्दोलन जोगाउन र स्थानीय तहदेखि प्रदेशसम्म वामपन्थी एकताको वातावरण बनाउन पार्टीभित्र तीव्र दबाब बढेको छ ।

बिहानै सहसंयोजक नेपालसँगको भेटपछि प्रचण्डले नेताहरू वर्षमान पुन, प्रमेश हमाल र बेदुराम भुसाललगायतसँग समेत विस्तृत छलफल गरेका छन् । श्रीलंकामा हुँदा पनि नेपालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादको गृहकार्य अघि बढाइसकेका प्रचण्ड, शीर्ष तहमा सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि आजै साँझ एमाले अध्यक्ष ओलीसँग भेटघाट गरी नयाँ समीकरणलाई अन्तिम रूप दिने तयारीमा रहेका छन् ।

नेकपा र एमाले दुवै दल प्रदेश तहमा तीनदलीय गठबन्धन बनाउन सकारात्मक देखिएकाले यो भेटसँगै देशको राजनीतिले नयाँ मोड लिने लगभग निश्चित जस्तै बनेको छ ।


सम्बन्धित समाचार