Logo

१७ वैशाख, वीरगञ्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिनुपर्ने माग गरेको छ ।

‘होटेल तथा पर्यटन ब्यवसाय’लाई उद्योग सरह मान्यता दिनुपर्ने माग यसअघि पनि उठाउदै आएको विषय भएपनि अहिलेसम्म माग सम्बोधन हुन नसकेको भन्दै उद्योग सरह होटल व्यावसायलाई पनि मान्यता दिनुपर्ने माग गरेका हुन् । उनीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

होटल व्यावसायलाई उद्योगको मान्यता पाए उद्योगहरुलाई प्राप्त हुने सहुलियत र सुबिधाहरु जस्तै होटलरुले पनि पाउने आधार बन्ने उनीहरुको तर्क छ । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा बैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम होटल तथा पर्यटन क्षेत्र नै भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै पहिचान गरिएको महत्वपुर्ण क्षेत्र रहेको उद्योग सरह मान्यता दिन माग गरेका हुन् ।

‘होटेल तथा पर्यटन ब्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्दत मिल्ने पनि विश्वास लिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो । विभिन्न समयमा विभिन्न कारणले प्रताडित भएको होटेल तथा पर्यटन ब्यवसाय क्षेत्र कोरोना महामारी झन् ठूलो संकटको सामना गर्नुपरेको र तत्कालीन सरकारले सहुलिय र राहतको मलहम लगाउने काम समेत नगरेको उनीहरुको गुनासो छ ।


सम्बन्धित समाचार