१९ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले नयाँ दिल्लीमा गृहमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम रहेको उनको सचिवालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सीमा तथा सुरक्षा सहकार्यका साथै दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा राजनीतिक तहमा संवाद विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। भेटवार्तापछि दुवै पक्षका धारणा र निष्कर्षबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।