Logo

२० जेठ,काठमाडौं । केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन्।

नेकपा एमालेका अध्यक्ष ओली पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा सहभागी भएका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि ओली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। बालेन्द्र शाह नेतृत्वको सरकार गठनको भोलिपल्ट पक्राउ परेका ओली रिहाइपछि स्वास्थ्य समस्याका कारण पत्थरीको शल्यक्रिया गराई घरमै आराम गरिरहेका थिए।

यद्यपि, उनले पार्टीका सचिवालय बैठक र नेताहरूसँगको संवाद भने निरन्तर जारी राखेका थिए।

आजको कार्यक्रममा ओलीसँगै एमालेका पदाधिकारीहरू पनि सहभागी छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोष्ट्रमबाट नेपाल–भारत सीमाबारे दिएको विवादित अभिव्यक्तिले राजनीतिक बहस तातेका बेला ओलीको धारणा के हुन्छ भन्ने विषयमा विशेष चासो देखिएको छ।

कार्यक्रमस्थलमा नेपालको चुच्चे नक्सा समेत राखिएको छ, जसले समसामयिक राजनीतिक सन्दर्भलाई थप अर्थपूर्ण बनाएको छ।


सम्बन्धित समाचार