२१ जेठ, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ ।
बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ । समिति सचिव दिनेश थापामगरका अनुसार समितिमा पार्टीहित र निर्देशन विपरीतका झण्डै ७०० उजुरी परेका छन् ।
तिनै उजुरीउपर कारबाहीका लागि सिफारिस हुनेछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा विपक्षी दलको उमेदवारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेको विषयमा समेत उजुरी परेका छन् ।


















