२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो हालैको भारत भ्रमणका बारेमा सर्वदलीय बैठकमा ब्रिफिङ गरेका छन्।
सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित उक्त बैठकमा सभापति लामिछानेले आफ्नो भ्रमण र यसका सन्दर्भमा जानकारी गराएका हुन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिका साथै संसद्मा जारी रहेको गतिरोध अन्त्य गर्ने विषयमा समेत गम्भीर छलफल भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
राजनीतिक दलहरूबिच संवादको ढोका खोल्नका लागि सभापति लामिछानेले आह्वान गरेको यस सर्वदलीय बैठकको सहभागी दलका नेताहरूले स्वागत गरेका छन् । यस पहलले राजनीतिक निकासका लागि नयाँ आधार तयार गर्ने विश्वास लिइएको छ ।

















