Logo

२५ जेठ, काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलको विशेष अदालतमा बयान सुरु भएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा सोमबारबाट उनको बयान प्रक्रिया अगाडि बढेको हो । बयान र थुनछेक बहस सकिएपछि उनी पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रहने भन्ने विषयको टुङ्गो लाग्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध २३ करोड ७५ लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा सन् २००४ (वि.सं. २०६१) देखि फेब्रुअरी २०२३ (वि.सं. २०७९ फागुन ३०) सम्मको अवधिमा पौडेलले २४ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार गरेकोमा जम्मा १ करोड १९ लाख रुपैयाँ मात्र वैध आय देखिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

सरकारी सेवामा रहँदाको सोही अवधिमा आर्जित स्रोत नखुलेको सम्पत्ति जफत गरिनुपर्ने मागसहित अख्तियारले मुद्दा दायर गरेको हो ।


सम्बन्धित समाचार