Logo

३१, जेठ काठमाडौं । कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागुऔषध बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले कारको टायरमा गोली हानेर ठूलो मात्रामा लागुऔषध बरमद गरेको हो ।
प्रहरीले लागुऔषध बरामद गर्नुका साथै तीन जना पक्राउ पनि गरेको छ ।

पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका–३ घर भएका ३५ वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक ३२ वर्षीय अहमद लड्न र अर्का भारतीय ३३ वर्षीय महमद सद्दाम छन् ।

बाराको सिम्रौनगढबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश बीएडी ९२०१ नम्बरको रातो कारभित्र ठूलो परिमाणमा लागुऔषध ट्रामोडल ल्याएको सूचना पाएपछि ब्यूरोको टोलीले पिछा गरेको थियो ।

उक्त कारका साथै बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल समेत भेटिएको र रोक्न खोज्दा भागेपछि टायरमा गोली हानेर नियन्त्रणमा लिइएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।


सम्बन्धित समाचार