Logo

 २ असार,काठमाडौं ।  नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय कार्यक्रम विराटनगरमा सुरू गरेको छ।

पार्टीले यस कार्यका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विशेष कार्यदल गठन गरेको छ। कार्यक्रममा उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेलसहित शीर्ष नेताहरू विराटनगर पुगेका छन्।

त्यस्तै, सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्की पनि कार्यक्रममा सहभागी छन्।

सुझाव संकलन कार्यक्रममा कोशी प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ वटै जिल्लाका पदाधिकारी तथा जनवर्गीय संगठनका इन्चार्ज र अध्यक्षहरूको सहभागिता रहेको छ।

निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेपछि एमालेभित्र समीक्षा र पुनर्गठनको बहस तीव्र बनेको छ। पार्टी नेतृत्वले कार्यदलमार्फत प्राप्त सुझावका आधारमा संगठनात्मक सुधार तथा रूपान्तरणको प्रक्रिया अघि बढाइने जनाएको छ।

कार्यक्रममा सहभागी नेताहरूले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यका साथ देशव्यापी रूपमा सुझाव संकलन अभियान सञ्चालन गरिएको बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै