Logo

रास्वपाको प्रथम महाधिवेशनमा सहभागीहरु नारायणगढ (चितवन), ७ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू । चर्को गर्मीका बीच सहभागीहरू कागजले हावा हम्कदै तथा पानी र मोही सेवन गरेर गर्मीबाट राहत लिने प्रयास गरीरहेका छन् । तस्बिर : सनद अधिकारी/रासस

८ असार, काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटको प्रक्रिया नटुंगिँदा र नामावलीमा देखिएका प्राविधिक त्रुटिहरू सच्याउने काममा ढिलाइ हुँदा बन्दसत्रको तालिका नै प्रभावित बनेको छ ।

बिहान साढे ८ बजेका लागि तय गरिएको बन्दसत्र सुरु गर्न प्रतिनिधिहरूको विवरण रुजु गर्ने र केही प्रदेशका प्रतिनिधि चयनमा देखिएका विवादहरू सुल्झाउने कार्यमा निर्वाचन समिति व्यस्त रहेकाले अपराह्न अबेर मात्रै बन्दसत्र अघि बढ्ने सम्भावना देखिएको छ ।

निर्वाचन आयोगले ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरे पनि नाम, थर र ठेगानाका त्रुटिहरू सुधार्ने तथा कार्ड बनाउने काम बाँकी रहँदा महाधिवेशन स्थलमा प्रतिनिधिहरूको भिडभाड बढेको छ । अब बन्दसत्र सुरु भएपछि पार्टीको विधान संशोधन प्रस्तावसँगै सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ ।


सम्बन्धित समाचार