Logo

८ असार, काठमाडौं । कोशी प्रदेशबाट ५ असारमा भित्रिएको यस वर्षको मनसुन प्रणाली क्रमिक रूपमा विस्तार हुँदै देशका अन्य भूभागमा फैलिन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली मधेश र बागमती प्रदेश हुँदै आज गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा प्रवेश गरेको हो । महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार मनसुन हाल कोशी प्रदेशको सम्पूर्ण भाग, मधेश र बागमती प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भेगका केही स्थानमा सक्रिय भएको छ ।

यद्यपि, यस वर्ष सरदर मितिभन्दा ६ दिन ढिलो गरी नेपाल भित्रिएको मनसुन हाल कमजोर अवस्थामा छ । सोही कारण देशका बाँकी भूभागमा यसको प्रभाव विस्तार हुन अझै केही दिन लाग्ने मौसमविद्हरूले प्रक्षेपण गरेका छन् ।

मनसुनको आगमनसँगै अब क्रमशः देशका अन्य क्षेत्रमा पनि वर्षाको सम्भावना बढ्दै जाने देखिन्छ, तर पूर्ण रूपमा मनसुनी गतिविधि सक्रिय हुन भने थप केही समय पर्खनुपर्ने अवस्था छ ।


सम्बन्धित समाचार