Logo

१५ असार, काठमाडौँ । वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाही प्रक्रियाविरुद्ध सर्वोच्च अदालत पुग्नुभएको छ ।

अख्तियारले गरिरहेको अनुसन्धान तथा सम्भावित एक्सनलाई रोक्न माग गर्दै उहाँले दायर गर्नुभएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा पेसी तोकिए पनि उक्त मुद्दा ‘हेर्न नभ्याईने’ सूचीमा परेको छ ।

मेयर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौँलाई समेत विपक्षी बनाई रिट दर्ता गराउनुभएको थियो ।

यही असार ८ गते दर्ता उक्त मुद्दालाई सर्वोच्चले आजको पेसी सूचीमा राखे पनि प्राविधिक वा कानुनी कारणवश ‘हेर्न नभ्याईने’ भनी स्थगित गरेको छ ।


सम्बन्धित समाचार