Logo

१५ असार, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थपतीन दिन हिरासतमा राख्नको लागि अदालतले अनुमति दिएको छ।

आज विशेष अदालत, काठमाडौँले पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको
बताएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि आज अदालतमा पेश गरेको थियो। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभागले पौडेलविरुद्ध अनुसन्धान गरिरहेको बताएका छन् ।

 


सम्बन्धित समाचार